माछाको तेल लाभदायक छैन



माछाको तेलले मुटु स्वास्थ्यमा लाभ पुग्छ भनेर धेरै अघिदेखि मानिदै आएकोमा हालै भएका अनुसन्धानले यसमा प्रश्न उठाएको छ । माछाको तेलले मुटुलाई जति फाइदा पुग्छ भनेर सोचिँदै आएको थियो त्यति फाइदा सामान्य खालको माछाको तेलले हुँदैन भन्ने कुरा यस अनुसन्धानको निष्कर्षमा उल्लेख गरिएको छ ।

सो अध्ययन प्रतिवेदनमा ओमेगा ३ फ्याटी एसिडको उच्च डोजले पनि कार्डियोभास्कुलरमा हुने जोखिम कम गर्न सहयोग नपुगेको उल्लेख छ । यससम्बन्धी प्रतिवेदन अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा गत नोभेम्बरमा प्रकाशित भएको छ ।

यो अनुसन्धान करिब १३ हजार व्यक्तिमा गरिएको जनाइएको छ । यस अनुसन्धानमा संलग्न मुटुरोग विशेषज्ञहरुको भनाइ छ– ‘माछाको तेलजन्य वस्तु तथा कम डोजको माछाको तेलको सेवनले मानिसलाई कुनै फाइदा हुँदैन ।’ यदि मुटु स्वास्थ्यका लागि कसैले नियमितरुपमा माछाको तेल सेवन गर्ने गर्नुभएको छ भने यसबारेमा एकपटक फेरि आफ्नो चिकित्सकसँग सल्लाह गर्न सो अनुसन्धान टोलीले सुझाव दिएको छ ।

स्रोत : हेल्थ लाइन डटकम
प्रतिक्रिया दिनुहोस्