गर्भवतीको तनावले शिशुलाई असर पन



गर्भावस्थामा महिलाले तनाव लिएमा त्यसले गर्भको शिशुको मस्तिष्कमा हानि पुग्ने हालैको अध्ययनले देखाएको छ । गर्भवतीलाई हुने तनावले गर्भेशिशुको मस्तिष्क विकासमा अवरोध पुग्ने कुरा अनुसन्धानपछि हालैको मेडिकल जर्नल (JAMA) मा प्रकाशित भएको छ । यस अध्ययनले गर्भवती आमालाई हुने तनावले भविष्यमा शिशुको विकासमा हुने प्रत्यक्ष हानिबारेमा उल्लेख गर्दै यस किसिमको तनावको बेलैमा व्यवस्थापन गर्न सुझाव दिएको छ । गर्भवास्थामा हुने चिन्ता र डिप्रेसनले शिशुको विकासमा हानि पुग्ने भएकोले यस्ता महिलालाई कम्तीमा गर्भावस्थामा खुशी र उत्साहित मनस्थितिमा राख्नु आवश्यक छ । अध्ययन टोलीका एक वरिष्ठ सदस्य तथा मानसिक रोग विशेषज्ञ प्रा. सी डंकल भन्छन्, ‘भ्रूणको वृद्धि र विकासका लागि प्रत्येक दिन महत्वपूर्ण हुन्छ । त्यसकारण गर्भावस्थामा आमालाई चिन्ता, तनाव लिने र डिप्रेसनको अवस्थामा पुग्ने स्थितिबाट जोगाउनुपर्छ ।’

अध्ययन टोलीले भनेको छ, ‘गर्भावस्थामा आमाको मानसिक स्वास्थ्यमा परेको असर त्यस बेला खासै नदेखिन सक्छ तर गर्भमा रहेको शिशुमा भने प्रत्यक्षरुपमा परिरहेको हुन्छ । भविष्यमा यो नराम्रो परिणामको रुपमा देखिन सक्छ ।’ त्यसकारण यो समस्यालाई परिवारले ध्यान दिने हो भने बेलैमा सच्याएर स्वस्थ शिशुको जन्म दिन सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

– स्रोत : सीएनएन
प्रतिक्रिया दिनुहोस्