रोचक जानकारी



१. अण्डामा टायरोसिन भनिने एमिनो एसिड पाइन्छ, जसले मानिसको ऊर्जा र सतर्कता बढाउन तथा मुडमा सुधार ल्याउन मद्दत गर्छ ।

२.  मानिसको शरीरका आधाभन्दा बढी हाडहरू हात–खुट्टामा रहेका हुन्छन् ।

३. हाम्रो शरीरलाई दिनहुँ चाहिने तत्व भिटामिन बी ६ केरामा लगभग ३० प्रतिशत पाइन्छ । भिटामिन बी ६ ले दिमागलाई सेरोटोनिन उत्पादन गर्न मद्दत गर्दछ । यसलाई मुड स्टेबलाइजरको रुपमा लिइन्छ ।

४. सकारात्मक सोच (optimistic) राख्ने मासिहरुलाई हृदय रोगको जोखिम ४० प्रतिशत कम हुन्छ ।

५. सामान्यतया मानिसले एकपटकमा नाकको एउटा प्वालबाट मात्र सास फर्ने गरिरहेको हुन्छ ।

६. कान्छी औंला भएन भने मानिसको हातको शक्ति ५० प्रतिशत कम हुन्छ ।

७. मानिसको कान कानेगुजी (ear wax) को मद्दतले आफैं सफा हुन्छ । कानेगुजीले कान स्वच्छ राख्छ र ब्याक्टेरियाबाट शरीरलाई बचाउन मद्दत गर्छ ।

८. मानिसको ढिलाइ र आवेग आनुवंशिक आचरण हो ।

९. डार्क चकलेटमा सौन्दर्यसम्बन्धी धेरै गुणहरु हुन्छन् । यसले सूर्यको किरणबाट छालामा हुने क्षति कम गर्न र छाला चाउरी पर्नबाट बच्न मद्दत गर्छ ।

 

१०. इलेक्ट्रोनिक संगीत बजाउनाले लामखुट्टे भगाउन मद्दत पुग्छ ।

 

प्रतिक्रिया दिनुहोस्