दुखाइ कम गर्न कागतीको बोक्रा



मानिसहरु हाड–जोर्नीको दुुखाइको लागि औषधि खान्छन् तर केही परम्परागत ज्ञानबाट हाड–जोर्नीको दुुखाइबाट बच्नको लागि घरेलुु उपचार गर्न सकिन्छ । यसको लागि कागतीको बोक्रा प्रयोग गर्न सकिन्छ ।

कागतीको रसका धेरै फाइदाहरु छन् । यसले शरीरको तौल कम गर्छ । हाड–जोर्नीको दुुखाइलाई कम गर्न कागतीको बोक्रा प्रयोग गर्न सकिन्छ । उमेर बढ्दै गएपछि शरीरमा जोर्नीहरु र हाड दुुख्न थाल्नुु सामान्य समस्या हो । कागतीको बोक्रामा पेक्टिन, भिटामिन बी१, बी६, खनिज, क्याल्सियम र भिटामिन ‘सी’ पाइन्छ ।

कागतीको बोक्रामा पाइने संक्रमण प्रतिरोधात्मक गुुणले पनि रक्तसञ्चारलाई सुुचारु गर्छ । साथै हड्डीलाई बलियो बनाएर जोर्नीहरुको दुुखाइ कम गर्न मद्दत गर्छ । कागतीको बोक्राले हड्डीसम्बन्धी समस्या अस्टियोपोरोसिस, रुमेटायड, अर्थराइटिस र पोली अर्थराइटिसको दुुखाइ पनि कम गर्छ । कागतीको बोक्रालाई धेरै तरिकाबाट प्रयोग गर्न सकिन्छ ।

 

प्रयोग गर्ने तरीका

 

विधि–१:

– दुईवटा ठूलो कागतीलाई राम्ररी धुने । त्यसको बोक्राको पहेँलो भागलाई ताछेर निकाल्ने र एउटा भाँडामा राख्ने ।

– त्यसलाई राम्ररी माडेर धूलो बनाउने ।

– त्यस धूूलोलाई जोर्नीमा दुखेको भागमा बिस्तारै दलेर पट्टीले २ घण्टा बाँध्ने अनि बिस्तारै खोल्ने ।

 

विधि–२:

– दुईवटा ठूलो कागतीको बोक्राको पहेँलो भागलाई ताछ्ने र राम्रोसँग पिस्ने ।

– पिसेको धूलोलाई एउटा सफा सिसाको भाँडामा राख्ने । त्यसमा जैतुनको तेल हालेर मिसाउने ।

– भाँडाको बिर्को राम्रोसँग बन्द गरेर दुई हप्ता राख्ने ।

– दुई हप्तापछि त्यो लेपलाई दुखेको जोर्नीमा लगाउने र पट्टीले बाँध्ने ।

– पट्टीमाथि एउटा सफा प्लास्टिकले बेर्ने, त्यसले तेल अन्य भागमा लाग्न पाउँदैन ।

– दुखेको ठाउँलाई न्यानो बनाउन प्लास्टिकले बेरेको भागमा ऊनी कपडाले बेर्ने ।

– यो लेपको असर गहिराइसम्म पुगेर दुखाइ कम हुन्छ । कागतीको बोक्रा हाड–जोर्नीको दुुखाइको लागि राम्रो घरेलु उपचार हो । यसको बेफाइदा हुँदैन ।

प्रतिक्रिया दिनुहोस्