पुरुषलाई मेथी दानाको फाइदा



मेथीका दाना खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । त्यसमा पनि विशेष गरी पुरुषको लागि अझ बढी लाभदायक हुने देखिएको छ ।
मेथीको दानाको सेवनले शुक्राणुको गुणस्तर र संख्यामा वृद्धि गर्न सहयोग गर्छ । शुक्राणु र टेस्टोस्टेरोनको उत्पादन पुरुषको अण्डकोषमार्फत हुन्छ । यसकारण यी दुवैबीच सम्बन्ध पनि छ । मेथीका दाना खानाले शुक्राणुको गुणस्तर र परिमाणमा सुधार गर्नुका साथै टेस्टोस्टेरोन लेवलमा पनि सुधार हुन्छ ।

मेथीको दाना खानाले ब्लड सुगर लेवलमा स्थिरता आउँछ । ब्लड सुगर नियन्त्रणका लागि मेथी महत्वपूर्ण सहयोगीका रुपमा रहेको छ । रेड ब्लड सेलहरुको सर्कुलेसनमा पनि मेथीका दानाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्ययनमा पाइएको छ । टेस्टोस्टेरोन लेवल कम हुँदा मानिसको मूडमा अस्थिरता आउने, मूड जहिले पनि चिड्चिड्को अवस्थामा रहने हुन्छ।

साथै इनर्जीमा पनि केही कमी भएको महसुस हुन्छ । मेथीका दाना सेवन गर्नाले हर्मोनहरुको लेवलमा धेरै हदसम्म सन्तुलन कायम हुन्छ र भावनात्मक स्वास्थ्यमा सुधार आउँछ । धेरै हदसम्म व्यक्तिको शरीरमा हर्मोनहरुको सन्तुलन कायम हुन्छ, जसले गर्दा मूड राम्रो अवस्थामा रहन्छ ।

जब पुरुषहरुको टेस्टोस्टेरोन लेवल कम हुन थाल्छ उसका केश झर्न थाल्छन् । कतिपय पुरुषमा त तालुपन देखिन थाल्छ । मेथीको दाना खानाले कपाल झर्ने समस्यामा कमी आएको पाइएको छ । जुन पुरुषको टेस्टोस्टेरोन लेवल कम हुन्छ उसको फिटनेस लेवल पनि कम हुन शुरु हुन्छ । यसकै कारण व्यक्तिको मांसपेशीको गठिलोपन पनि कम हुन थाल्छ ।

मेथीको दाना खानाले शरीरमा टेस्टोस्टेरोन लेवल बढ्ने भएकाले मांसपेशीको गठिलोपनमा वृद्धि हुन्छ र शरीर पनि मजबुत रहन्छ । साथै मेथीका दानाले मानिसलाई धेरै हदसम्म मोटोपनबाट पनि बचाउने गरेको पाइएको छ ।

तर कसै–कसैलाई मेथीका दाना खाँदा पाचन प्रणालीसम्बन्धी समस्या पनि हुने गरेको पाइएको छ । त्यसैले मेथीको दाना नियमित सेवन गर्नका लागि सम्बन्धित चिकित्सकको परामर्श लिनु उचित हुन्छ । साथै गर्भवती महिलाले मेथीका दाना नखानु नै उचित हो ।

स्रोत  : ओन्ली माई हेल्थ

 

प्रतिक्रिया दिनुहोस्