कोभिड रोक्न मास्क प्रभावकारी



कोभिड–१९ बाट बच्नका लागि सबैभन्दा प्रभावकारी साधन के हो भनेर विश्वमा धेरै खोज–अनुसन्धान भइरहेका छन् । ७० वटाभन्दा बढी अनुसन्धानका प्रतिवेदनहरुको अध्ययन एवं समीक्षा गरेपछि चिकित्सा वैज्ञानिकहरु विनाऔषधि कोभिड–१९ फैलिनबाट रोक्ने सबैभन्दा प्रभावकारी उपाय मास्क लगाउनु नै हो भन्ने निष्कर्षमा पुगेका छन् ।

अनुसन्धान प्रतिवेदनअनुसार मास्क लगाउनाले कोभिड–१९ को संक्रमण ५३ प्रतिशतसम्म कम हुन सक्छ । यससम्बन्धी अध्ययन प्रतिवेदन ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित भएको छ ।

यस प्रतिवेदनमा कोभिड–१९ को नियन्त्रणका लागि खोप लगाउनुका साथै मास्क लगाउने लगायतका बचावटका उपायलाई पनि जारी राख्न जरुरी छ ।

स्रोत : बीबीसी न्युज

प्रतिक्रिया दिनुहोस्