रोचक तथ्य



-अध्ययन अनुसार परम्परागत सन्तुलित आहार सेवन गर्नेहरूभन्दा शाकाहारी खाना खानेलाई डिप्रेसन हुने सम्भावना झन्डै दोब्बर हुन्छ ।
-छालाको बाहिरी तहलाई एपिडर्मिस भनिन्छ, जुन तपाईंको हत्केला र पैतालामा सबैभन्दा बाक्लो पाइन्छ । लगभग १.५ मि.मि. बाक्लो हुन्छ ।
– एउटा परेला लगभग १५० दिनमा झर्ने गर्छ ।
– मानिसको उमेर बढ्दै जाँदा, तिनीहरूको छाला पातलो, सुख्खा र कम लचकदार हुन्छ, जसले गर्दा चाउरीपना देखिने गर्छ ।
– बच्चाहरू कम्तीमा एक महिनाको नभएसम्म आँसु बगाउँदैनन् ।
– मुखमा कम्तीमा ७०० विभिन्न प्रजातिका ब्याक्टेरियाहरू हुन्छन्, जसलाई मानव मौखिक माइक्रोबायोम (the human oral microbiome) भनिन्छ । भर्खरै जन्मेको बच्चाको मौखिक माइक्रोबायोमको संरचना मुख्यतया आमाको मुखको स्वास्थ्यमा भर पर्ने गर्छ ।
– १२ प्रतिशत मानिस कालो र सेतो (black and white ) सपना देख्छन् ।
– मानिसको मस्तिष्क ४० वर्षको अन्त्यसम्म पनि विकसित भइरहेको हुन्छ ।
-हिंसात्मक क्रियाकलाप हुने घरका बालबालिकाको दिमागमा लडाइँमा लडेको बेला सिपाहीको दिमागमा पर्नेजत्तिकै प्रभाव पर्छ।
– चकलेटको गन्धले थिटा मस्तिष्क तरंगहरू (theta brain wave) बढाउँछ, जसले शरीरलाई विश्राम महसुस गराउँछ ।
-परिष्कृत चिनीको लत कोकेनभन्दा बढी पर्ने गर्छ।
– दुईजनाले चुम्बन गर्दा एक करोडदेखि १ अर्ब ब्याक्टेरियाको आदानप्रदान हुने गर्छ ।
– पसिना आफैँ गन्धरहित हुन्छ । पसिना छालामा रहेका ब्याक्टेरियामा मिसिएपछि शरीरमा गन्ध उत्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्