नेपालमा विश्व योग दिवस



नेपालमा पनि विभिन्न किसिमका कार्यक्रमको आयोजना गरी नवौं अन्तर्राष्ट्रिय योग दिवस (असार ६) मनाइयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा काठमाडौंमा असार ६ गते आयोजित अन्तर्राष्ट्रिय योग दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि नेपाल एक सुन्दर भूमि भएको र योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि प्रमुख गन्तव्य बन्न सक्ने बताउनुभयो ।

उहाँले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिकरूपमा सबल बनाउन योगले सहयोग पु¥याउने बताउनु भयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्री अशोककुमार राईले योगाभ्यास र अध्ययनलाई विद्यालय तहदेखि नै अपनाउँदै जान नीतिगत र कार्यक्रम तहमा योजना तर्जुमा गरिएको बताउनुभयो ।

यसै गरी नवौँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा असार ५ गते त्रिवि संस्कृत केन्द्रीय विभागमा विशेष योग दिवस कार्यक्रमको आयोजना गरियो ।

उक्त विभागका विभागीय प्रमुख डा. माधवप्रसाद उपाध्यायको अध्यक्षता र ललितपुर महानगरपालिकाका उपमेयर मंजली शाक्य वज्राचार्यको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रमको संयोजन डा. क्षितिज बराकोटीले गर्नुभएको थियो ।

सो कार्यक्रममा त्रिवि कीर्तिपुर संस्कृत केन्द्रीय विभागका पोस्टग्राजुएट र स्नातकोत्तर तहका विद्यार्थीहरुले विभिन्न योग अभ्यासको प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्