टिन किलर्सदेखि सावधान



श्रीरामसिंह बस्नेत

ऊ परीक्षामा सफल भई । मार्कसिट हेर्दा ऊ खुशी हुनुपर्ने हो तर किन हो पटक्कै खुशी हुन सकिन । बरु उसलाई रुन पो मन लाग्यो । किनकि ऊ जुन विषयमा सबैभन्दा कमजोर थिई, त्यही विषयमा सबैभन्दा धेरै नम्बर पाएकी थिई उसले । त्यसरी नम्बर पाउनुको कारण सम्झेर उसलाई अहिले रुन मन लागिरहेको छ ।

आफू कमजोर भएको विषयमा त्यही विषय शिक्षकसँग ट्युसन पढ्नु उसको बाध्यता थियो । शिक्षकले डेरामै बोलायो । अरु साथीहरु पनि जान्छन् कि भनेर उसले सोधेकी थिई तर त्यो विषयमा समस्या नभएको भन्दै अरु ट्युसन पढ्न गएनन् । बाध्यता उसको मात्र भयो, त्यसैले ऊ गई ।

शिक्षकले शुरुका केही दिन राम्रोसँग पढायो । कक्षामा नबुझेका धेरै पाठहरु राम्रोसँग बुझाइदियो । त्यसपछि बिस्तारै शिक्षकका हात उसको ढाडमा सल्बलाउन थाले । उसलाई केही अप्ठ्यारो त लाग्यो तर खासै प्रतिक्रिया जनाइन । अर्को दिन शिक्षकको हात उसको तिघ्रा र नितम्बमा पनि खेल्न थाले ।

 

कैयौँ किशोरीहरु आफन्तहरुबाट हुने यौन दुव्र्यवहारलाई चुपचाप सहेर बस्ने गर्दछन् ।

उसले बिस्तारै शिक्षकको हात पन्छाई । त्यसपछि उसले केही दिनसम्म कतै पनि हात लगाएन, राम्ररी पढायो । ट्युसनबाट त्यस विषयमा उसको राम्रो सुधार भइरहेको थियो । फेरि एकदिन शिक्षकले उसका पोटिला गालामा स्पर्श गर्दै हल्कासँग निमठ्यो । उसले त्यस दिन पनि कुनै प्रतिकार नगरी शिक्षकको हातमात्र पन्छाइदिई ।

त्यसै बीच उसको प्राकि्टकल परीक्षा भयो । शिक्षकले ‘प्राकि्टकलमा कति नम्बर चाहिन्छ ?’ भनेर सोध्यो । प्राकि्टकल नम्बर विषय शिक्षकको हातमा हुने भएकोले उसले भनी– ‘सरले हेरेर दिनुस् न, पास भए त भइहाल्यो नि ।’ ऊ नम्बरप्रति महत्वाकांक्षी थिई । शिक्षकले ‘त्यसो भनेर कहाँ हुन्छ, राम्रो नम्बर ल्याउनुपर्छ नि’ भन्यो ।

उसले थप केही भन्न नपाउँदै शिक्षकले उसलाई पछाडिबाट यसरी जकड्यो कि उसले केही गर्न नै सकिन । शिक्षकको एउटा हात उसको टिसर्टभित्र सल्बलाइरहेको थियो । उसलाई असाध्यै डर लाग्यो, खुट्टा आफैं कामिरहेका थिए । उसले यति्तमात्र भन्न सकी– ‘सर नाइँ पि्लज ।’ शिक्षकले उसको मुखमा केहीबेर आफ्नो मुख जोत्यो अनि छोडिदियो । ऊ निकै आति्तएकी थिई, कतै नहेरी फटाफट घरतिर गई र कसैलाई केही नभनी कोठामा भित्रबाट चुकुल लगाएर ओछ्यानमा सिरकले मुख छोपी निकैबेरसम्म रोई । त्यसपछि त्यस शिक्षकको कोठामा फर्केर ऊ कहिल्यै गइन । अहिले मार्कसिटमा त्यही शिक्षकको विषयमा सबैभन्दा धेरै नम्बर आएको देख्दा त्यो नम्बरले नै आफूलाई गिज्याइरहेको जस्तो लागेर उसको मन रोइरहेको छ ।

माथिको घटनामा उलि्लखित शिक्षक एक ‘टिन किलर’ हो । टिन किलर भन्नाले किशोर–किशोरीलाई आफ्नो यौन चाहनाको सिकार बनाउने व्यकि्त भन्ने बुझ्नुपर्छ । यहाँ ‘किलर’ को अर्थ मार्ने वा हत्यारा नै चाहिँ होइन, यौन दुव्र्यवहार वा यौन शोषणसम्म गर्ने हो । कतिपय पुरुषहरु भरखर नवयौवनमा पाइला टेक्न लागेका कलिला किशोरीहरुप्रति अत्यन्तै आकर्षित हुन्छन् । किशोरीहरुको चञ्चलता, गालामा बढदै आएको प्राकृतिक लाली, ओठमा छाएको गुलाफी रंग, छातीमा प्रसि्टँदै आएको गोलाकार, कम्मर, तिघ्रा, नितम्ब र पिँडौलाको सुडौलपन आदि आफैंमा निकै मोहक प्राकृतिक आकर्षण हुन् । यो आकर्षणप्रति नलोभिने पुरुष भेट्न करिब–करिब असम्भव नै हुन्छ, व्यक्त गर्नु वा नगर्नु बेग्लै कुरा हो । यही आकर्षणप्रति वशिभूत भएर संसारमा शृङ्गार रसका कालजयी अनेकौं साहित्य र कला रचिएका छन् ।

तर यो आकर्षणमा मात्र सीमित नरहेर, यसले जोखिम पनि निम्त्याउँछ । सामान्यरुपमा आकर्षित हुनु एउटा कुरा हो तर दुव्र्यवहारमै उत्रनु अर्कै कुरा हो । विशेष गरी किशोरीहरु यो दोस्रो श्रेणीका मानिसहरुबाट जोगिनु आवश्यक छ । यसका लागि किशोरीहरुले सर्वप्रथम आफूमा आइरहेको परिवर्तनप्रति हेक्का राख्नुपर्दछ । आफू अब केही अघिसम्मकी अबोध बालिका नरहेको सत्यलाई आत्मसात् गर्न सक्नुपर्दछ ।

बालिका छँदासम्म कसैले मायाले गालामा सुम्सुम्याउनु सामान्य लागे पनि अब कसैले त्यसरी गाला सुम्सुम्याउन आयो भने त्यसलाई अस्वाभाविक मानेर उसलाई पन्छाउन सक्नुपर्ने हुन्छ । पशि्चमी र विकसित मुलुकका समाज यस्तो मामलामा निकै सजग र कडा छन् । त्यता अरुका बालबालिकालाई गाला सुम्सुम्याउने, शरीरमा छुने आदि गरेमा त्यो दण्डदीय कार्य मानिन्छ । तर त्यति हुँदाहुँदै पनि विकसित कहलिएका ती समाज यौन दुव्र्यवहारको कलङ्कबाट चोखो भने छैनन् ।

किशोरी छात्राप्रति उसका सहपाठी छात्र मात्र होइन, आदरणीय मानिएका शिक्षकहरुसमेत आशक्त हुने गरेका निकै पाइन्छ । कक्षाभित्रै पनि छात्रासँग अस्वाभाविकरुपमा शारीरिक निकटता राख्न कतिपय शिक्षकहरु पछि पर्दैनन् भने कोठामा छात्रा र आफूमात्रै बसेर ट्युसन पढाउने अवसर त्यस्ता ‘टिन किलर’ शिक्षकका लागि सुनौलो अवसर बन्न जान्छ ।

आफ्नै परिवारका सदस्य, नातेदार, छिमेकी वा परिचित व्यकि्त पनि टिन किलर बन्न सक्छन् भने अपरिचितको त झन् कुरै भएन । यद्यपि प्रायजसो किशोरीहरु अपरिचितभन्दा राम्रोसँग परिचित टिन किलरहरुबाटै सताइएका हुन्छन् ।

टिन किलर प्रवृति्त भएका पुरुषहरुले आफ्नो निकटमा रहेका किशोरीहरुलाई सिकार बनाउने प्रयास गरिरहेका हुन्छन् । उनीहरुको चाहना किशोरीका भावना र शरीरसँग खेल्नु मात्र हुन्छ, विवाह नै गरेर घरजम गर्ने हुँदैन । यसको पराकाष्ठा बलात्कार र गर्भधारणसम्म पुग्न सक्दछ ।

त्यसैले प्रत्येक किशोरी र उनका अभिभावक चनाखो हुनुपर्दछ । विशेष गरी १२÷१३ वर्षदेखि १५ वर्षसम्मका किशोरीहरुलाई टिन किलरहरुले आफ्नो सिकार बनाउने गरेको पाइन्छ । किनकि त्यस उमेर समूहका केटीहरु आफूप्रति भएको दुव्र्यवहार बुझ्न र प्रतिकार गर्न प्रायः सक्षम भइसकेका हुँदैनन् । त्यसपछि उनीहरुमा केही परिपक्वता आइसक्ने भएकोले टिन किलरहरुको आँट पनि केही घट्दै जान्छ ।

हाम्रो र कतिपय विदेशी समाजमा प्रचलित विभिन्न सामाजिक चलनहरुले पनि किशोरीहरुमाथि यौनको जोखिम बढाइरहेको पाइन्छ । यसको ज्वलन्त उदाहरण हो– ‘सिन्की पकाउनुपर्दैन, साली फकाउनुपर्दैन’ भन्ने हाम्रो प्रचलन । यो प्रचलनले गर्दा किशोरी अवस्थाका सालीहरुप्रति वयष्क भिनाजुहरुको कामुक दृषि्टलाई धेरै सहज बनाइदिने गरेको छ । सबैलाई त भन्न मिल्दैन, तर किशोरी छँदा भिनाजुको यौन दुव्र्यवहार खपेका महिलाहरुको संख्या हाम्रो समाजमा कम छैन ।

यसै गरी कतिपय जाति, समुदायमा फुपू र मामाका छोराछोरीबीच वैवाहिक सम्बन्ध स्वीकार्य हुने भएकोले त्यस्ता परिवारका किशोरीहरु पनि जोखिममा सजिलै पर्न सक्छन् । कतिपय समुदायमा सकेसम्म नजिकका नाताबीचको वैवाहिक सम्बन्धलाई उच्च प्राथमिकता दिने चलन पाइन्छ भने कतिपयमा त्यसको ठीक उल्टो । वैवाहिक सम्बन्ध स्वीकार हुने नाता सम्बन्धका किशोरीमाथि हुने यौन दुव्र्यवहारलाई सम्बनि्धत अभिभावक वा परिवारले नजरअन्दाज गरिदिने मात्र होइन चेतनाको अभावमा स्वयम् किशोरीले समेत त्यसलाई आपति्तजनकरुपमा नलिने गरेको पाइन्छ ।

परिवारको इज्जत जोगाउने वा नाताकुटुम्बबीचको सम्बन्ध बिग्रन नदिने नाममा कैयौँ किशोरीहरु आफन्तहरुबाट हुने यौन दुव्र्यवहारलाई चुपचाप सहेर बस्ने गर्दछन् । यसबाट त्यस्ता टिन किलरहरुको हौसला झन् बढ्न जान्छ । टिन किलरका सन्दर्भमा बुझ्नुपर्ने अर्को कुरा के पनि छ भने, यस्तो जोखिम किशोरीहरुलाई मात्र होइन कतिपय किशोरहरुलाई पनि हुन सक्छ ।

तुलनात्मकरुपमा किशोरीहरु बढी जोखिममा पर्दछन् तर किशोरहरु पनि शत प्रतिसत सुरकि्षत भने हुँदैनन् । किशोरीहरुलाई वयष्क पुरुषले आफ्नो सिकार बनाउँछन् भने

किशोरहरु वयष्क महिला र पुरुष दुवैबाट जोखिममा पर्दछन् ।

वयष्क महिलाहरुले किशोर उमेरका अपरिपक्व केटालाई अनेकौँ लोभ, लालच, प्रलोभन, आकर्षण, विशेष सहयोग आदिको जालमा पारेर आफ्नो यौनचाहना मेटाउने गरेको पनि पाइन्छ ।

यसमा महिलाले कलिलो केटालाई आफ्नो शरीर खेलाउन दिने र उसको शरीर आफूले पनि खेलाउने क्रिया बढी प्रचलित रहेको पाइन्छ । यस्तो काम गर्न शुरुमा कलिला केटाहरु मान्दैनन्, हिचि्कचाउँछन् । तर चलाख महिलाले त्यस्ता काँचा केटाहरुलाई यसरी मोहजालमा फसाउँछन् कि केही समयपछि ती केटाहरु पनि पलि्कन थाल्छन् । भरखर जुँगाको रेखी बस्न लागेको केटाको फूर्तिलोपन, चञ्चलता, जोश, जिज्ञासा, केही लज्जालुपनप्रति कतिपय वयष्क महिलाहरु आकर्षित हुन्छन् र ‘बाबु, ‘भाइ’ भन्दै उसलाई आफ्नो वासनाको आगोमा झोस्छन् ।

यस्ता महिलाहरुमा विशेष गरी आफ्नो स्पर्शले केटाको लिङ्गको अवस्थामा अनायासै आउने परिवर्तन हेरेर रोमाञि्चत हुने बानी हुन्छ । आफ्नो वशमा परेको किशोरलाई आफ्नो इच्छाअनुसार हरतरहले यौन उपभोग गर्न यस्ता टिन किलर महिलाहरु पछि पर्दैनन् । विकसित कहलिएका मुलुकहरुमा स्कुलमा आफूले पढाउने छात्रलाई आफ्नो यौनको ििकार बनाएको कारण जागिर गुमाउन वा कानुनी सजायँ भोग्न बाध्य भएका शिकि्षकाहरु धेरै छन् ।

किशोरहरुलाई वयष्क पुरुषहरुबाट पनि जोखिम हुने गर्दछ । विशेष गरी श्वेत, अश्वेत र अरेबियन समुदायका वयष्क पुरुषहरुले कलिला केटाहरुलाई आफ्नो वशमा पारेर यौनशोषण गर्ने गरेको पाइन्छ । यसमा मूलतः किशोरहरुलाई जबर्जस्ती एनाल सेक्स र ओरल सेक्सका लागि प्रयोग गरिन्छ । एनाल सेक्स पीडादायक र घातकसमेत हुन्छ । यौन दुव्र्यवहारबाट किशोरीहरुलाई जस्तो गम्भीर दुष्परिणाम (बलात्कार, गर्भधारण आदि) त किशोरहरुलाई पर्दैन तर बालक वा किशोर अवस्थामा कुनै वयष्क स्त्रीको सिकार भएको व्यकि्तमा विभिन्न कुण्ठा र नकारात्मक मानसिकता रहने गरेको पाइन्छ ।

यसमा मुख्य त सानै उमेरमा यौन दुव्र्यवहारमा परेको मानिसमा स्त्री र यौनप्रति स्वाभाविक प्राकृतिक आकर्षण नष्ट भई त्यसप्रति नकारात्मक भावना पाइन्छ । यसका मुख्य दुई पक्ष हुन्छन् । या त ऊ स्त्रीलाई यौनभोगको साधनको रुपमा मात्र हेर्दछ, स्त्रीप्रति कुनै सम्मान वा प्रेम उसको मनमा आउँदैन या उसलाई स्त्री जातिप्रति यति वितृष्णा हुन्छ कि उमेर पुगेपछि विवाह गरेर पत्नीसँग सुखद दाम्पत्य जीवन बिताउन उसको मनले नै मान्दैन ।

आजीवन अविवाहित रहनुको पछाडि उसले कलिलो उमेरमा कुनै स्त्रीबाट भोगेको तीतो अनुभवको दीर्घकालीन असर एक प्रमुख कारण हुन सक्छ तर बाहिरी समाजले भने यो पक्षतर्फ ध्यान दिँदैन र उसले विवाह नगरेकोमा अनेकौं उपहास र नकारात्मक टिप्पणी गर्दछ ।

यस्तो अव्यक्त कुण्ठा लिएर बाँच्न अभिशप्त पुरुषको जीवन सिर्जनशील हुन निकै मुसि्कल पर्दछ । कलिलो उमेरमा भोगेको घटना वा भोगाइका कारण वयष्क भएपछि पनि त्यसको स्मरणले हीनताबोध हुने, आत्मविश्वास कमजोर हुने, आफैंलाई गलत मानेर दोष दिने, आफ्नो पीडकप्रति बदलाको भावनाले ग्रस्त हुने, डिप्रेसनमा जाने, आत्महत्यासमेत गर्ने गरेका उदाहरणहरु धेरै पाइन्छन् । त्यसैले किशोरीहरु मात्र होइन, किशोरहरुलाई पनि टिन किलरहरुबाट जोगाउनु अत्यन्त जरुरी छ ।

आजकलका अभिभावकहरु धेरै व्यस्त छन् । कमाउन र व्यावसायिक जीवनलाई उच्च श्रेणीमा पु¥याउनमै उनीहरुको सम्पूर्ण समय र शकि्त खर्च भइरहेको हुन्छ । अर्कोतिर विगतमा तीन–चार पुस्ता एउटै छानामुनि जीवनयापन गर्ने गरेको हाम्रो पारिवारिक जीवन अहिले खणि्डत भएर चोइटिँदै गएको छ । हजुरबा, हजुरआमाको सानि्नध्य पाउनु आज ठूलो भाग्यको विषय बनेको छ ।

यस्तो परिसि्थतिमा बालबालिका र किशोर–किशोरीहरुमाथि पर्याप्त निगरानी राख्ने र उनीहरुलाई सही बाटो देखाउने सजग वर्गको खडेरी पर्दै गएको छ । आजको समयमा उनीहरुलाई हरतरहका टिन किलरहरुबाट जोगाउन सिंगै समाज जागरुक र संवेदनशील हुनु अत्यन्त जरुरी छ । एकोहोरो स्कुल शिक्षाले मात्र किशोर–किशोरीहरुको जीवनको आवश्यकता पूरा गर्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्