महात्माले दिएको भष्मले प्यारालाइसिस चट्टै 



वि.सं. १९६६ को कुरा हुनुपर्छ, श्री ३ वीरशमशेरका नाति अर्थात् उत्तरतर्फका कमान्डिङ जनरल रुद्रशमशेर राणालाई प्यारालाइसिस भयो । उनको बायाँ हात–खुट्टासहित बायाँ अंग नै नचल्ने भयो । त्यसै त के निहुँ पाऊँ भन्ने केही राणा दाजुभाइले उनलाई बिसेक नहुने रोग लागेकाले रोलक्रमबाट झिक्ने चर्चा गरे ।

राणाहरूको ‘धर्मपत्र’को दफा ८ मा रोलवाला राणाहरूमा महारोग लागी अंगभंग भएमा, बौलाहा भई काम दिन नसक्ने भएमा प्रथमतः औषधि उपचार गराई रोगबाट मुक्ति गराउने तर उपचार गर्दा पनि रोगमुक्त हुन नसकी अब रोगबाट मुक्त नहुने ठहर भएमा उसलाई रोलक्रमबाट खारेज गरेर एक दर्जा तलको जागिर भत्ता दिई राख्ने व्यवस्था गरिएको थियो । तर तत्कालीन शासक श्री ३ चन्द्रशमशेरले रुद्रशमशेरको औषधोपचार भइरहेकाले अहिले नै केही निर्णय नगरी केही समय धैर्यधारण गर्नुपर्ने बताएछन् ।

एकदिन अर्थात् शिवरात्रिको दुई दिनअघि, रुद्रशमशेरका चिनजानकै फणीन्द्रनाथ शर्मा नामका व्यक्ति आएर रुद्रशमशेरकी पत्नी लक्ष्मीकुमारी देवीलाई पशुपतिनाथको दर्शनार्थ एक अभूतपूर्व महात्मा आएको कुरा सुनाए । आज्ञा पाए ती महात्मालाई बोलाएर ल्याउने कुरा उनले गरे । रुद्रशमशेरको उचारका लागि कुनै कसर बाँकी नराख्ने विचार बोकेकी लक्ष्मीकुमारीले जति सक्दो चाँडो ती महात्मालाई लिएर आउन स्वीकृति दिइन् । नभन्दै फणीन्द्रले ती अद्भूत महात्मालाई खोजी गरी लिएर आए ।

इतिहासकार पुरुषोत्तम शमशेर राणाका अनुसार ती महात्मा देख्नमा गोरो, हट्टाकट्टा, अग्लो, कालो दाह्रीजुँगा भएको, कालो फेटा गुथेको, कालो अल्खा धारण गरेको, कालो झोला भिरेको, नाङ्गै खुट्टा हिँड्ने, तेजस्वी एवं अद्भूत थिए रे । उनलाई बस्नका लागि काठ छापेको स्थानमा चगटी ओच्छ्याइयो तर त्यस चगटीमा नबसी काठ बिच्छ्याइएको स्थानमा बसे । उनका लागि तयार गरिएको फलफूलसहित मिष्ठान्न भोजन पनि लिन अस्वीकार गरे ।

लक्ष्मीकुमारीले नजिकै सुतिरहेका रुद्रशमशेरलाई देखाउँदै भनिन्, ‘प्रभु १ मेरा मालिकको रोग हरण गर्नका लागि के–कसो गर्नुपर्ने हो, उद्धार गरिदिनुहोस् । महात्माले नम्र स्वरमा भने, ‘म के गर्न सक्छु र रु गर्ने, गराउने उनै पशुपतिनाथ हुुनुहुन्छ, उनले चाहेमा रोगहरण हुनेछ ।’

दुई दिनअघि ओछ्यानमा लम्पसार परेको देखेको मान्छे आज आफैं सिंहदरबारको भ¥याङ चढेर आफूकहाँ आएको देख्दा चन्द्रमशमशेर छक्क परे ।  
यति भनेपछि महात्माले कालो झोलाबाट साना दुई पुरिया औषधि झिकी सुत्ने बेलामा पानीमा मिलाएर पशुपतिको स्मरण गर्दै चम्चाले खान दिनु भनेछन्  । त्यसपछि उनी लगत्तै पशुपतिनाथतिरै फर्किएछन् । ‘महात्माको भनाइअनुसार नै जिजुमुमा लक्ष्मीकुमारीले सो पुरिया खोलेर खरानीजस्तो औषधि जिजुबुबा रुद्रशमशेरलाई खुवाई सुकला भएछ’, ९२ वर्षीय इतिहासकार राणा बताउनुहुन्छ ।

भोलिपल्ट बिहान त रुद्रशमशेर आफैं छक्क परे । कति समयदेखि प्यारालाइसिसले एकै ठाउँ सुतिरहेका उनी पूर्ववत् अवस्थामा हिँड्डुल गर्न सक्ने भएछन् । उनी तुरुन्तै सिंहदरबार पुगेर श्री ३ चन्द्रशमशेरलाई दर्शनार्थ आएको खबर पठाएछन् । सिंहदरबारको कैलाशमा रहेका चन्द्रशमशेरलाई प्यारालाइसिसले थलिएका रुद्रशमशेर दर्शनार्थ आफूकहाँ आएको कुरा एकछिन् त पत्यार नै लागनेछ । दुई दिनअघि मात्रै उठ्न नसक्ने अवस्थामा देखेको, पत्याउनु पनि कसरी रु तर हजुरियाले जर्साहेब रुद्रशमशेर नै आउनुभएको कुरा दोहो¥याएपछि चन्द्रशमशेरले त्यसो भए पिठ्यूँमा बोकाएर माथि ल्याउनु भनी अराए । रुद्रशमशेर आफू हिँड्न सक्ने भएकाले बुई चढ्न मानेनन् । उनी आफैं काठको भ¥याङ उक्लिएर माथि गए । दुई दिनअघि ओछ्यानमा लम्पसार परेको देखेको मान्छे आज आफैं सिंहदरबारको भ¥याङ चढेर आफूकहाँ आएको देख्दा चन्द्रमशमशेर छक्क परे । यो कसरी सम्भव भयो भनी प्रश्न गरे । रुद्रशमशेरले पनि अद्भूत महात्माको बारेमा बेलिविस्तार लगाए ।

श्री ३ चन्द्र शमशेरलाई पनि ती महात्माको दर्शन गर्न मन लागेकाले तुरुन्तै खोजेर ल्याउन मानिसहरू खटाए । अग्लो, हट्टाकट्टा, तेजस्वी, कालै पहिरनका भएकाले सजिलै चिन्न सकिन्थ्यो तर उनी कतै फेला परेनन् । थानकोट, त्रिशूली, साँगा, दक्षिणकाली जतासकुैका नाकाहरूमा श्री ३ चन्द्रशमशेर, रुद्रशमशेर, फणीन्द्र शर्मा सबैले खोजतलास गर्न मान्छे पठाए । धेरै दिनसम्म खोज्दा पनि पाउन सकेनन् ।
‘आखिर जिजुबुबा रुद्रशमशेरको प्यारालाइसिस निको पार्न पशुपतिनाथ बाबा नै सवारी भएको हामीले अनुमान गरेका छौं’, इतिहासकार पुरुषोत्तम शमशेर राणा भन्नुहुन्छ, ‘महात्माको रूपमा आई आफ्नो काम फत्ते गरेर उहाँ अलप हुुनुभएछ ।’ प्यारालाइसिस निको भएपछि वि।सं। २०१८ मा ८५ वर्षको उमेरमा रुद्रशमशेरको स्वार्गारोहण भयो ।
प्रस्तुति ः रोहिणी घिमिरे 
प्रतिक्रिया दिनुहोस्