बहुउपयोगी दालचिनी



क्यान्सरमा फाइदा ः
दालचिनीको प्रयोगले क्यान्सरजस्तो रोगलाई पनि नियन्त्रण गर्न सहयोग गर्छ । वैज्ञानिकहरूले पेटको क्यान्सरमा दालचिनीको उपयोग फाइदाजनक रहेको बताएका छन् । मनतातो पानीमा दालचिनीको पाउडर र मह मिलाई पिउनाले यसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

मुटुरोगमा फाइदा ः
मुटुरोगीहरूका लागि दालचिनीको उपभोग राम्रो मानिन्छ । यसले मुटुमा रहेको नर्भमा कलेस्ट्रोल जम्न दिँदैन । दालचिनीमा मह मिलाई रोटीसित पनि खान सकिन्छ । यसले हर्ट अट्याकको सम्भावना घटाउँछ ।

मोटोपन घटाउन पनि लाभदायक छ दालचिनी । यसले कोलेस्ट्रोल कम गर्छ र मोटोपन हुन दिँदैन । एक गिलास पानीमा एक चम्चा दालचिनीको पाउडर उमाल्नुस् अनि महसित मिलाई खाना गर्नुस् । यसले तपाईंलाई फाइदा पुर्याउँछ ।

छालाका समस्यामा फाइदा ः
छालामा केही समस्या आएमा जस्तै– छाला चिलाउने, पिम्पल्स आउने, खटिरा आउने जस्ता समस्यामा दालचिनीको प्रयोग उपयोगी हुन्छ । दालचिनी पाउडर र महलाई बराबर मात्रामा मिलाई यसको पेस्ट बनाएर लगाउनाले छालालाई राहत प्रदान गर्छ ।

रुघाखोकीमा फाइदा ः
यदि तपार्इं रुघाखोकीबाट पीडित हुनुहुन्छ भने महमा दालचिनीको पाउडर मिलाई साँझ–बिहान सेवन गर्ने गर्नुस्, तपाईले रुघाखोकीबाट छुट्कारा पाउनुहुनेछ । हल्का मनतातो पानीमा एकचिम्टी मरिचको धूलो अनि एक चिम्टी दालचिनीको पाउडर मिसाएर सेवन गर्नाले खोकी निको हुन्छ ।

मेवा खाँदा हुने फाइदाहरू

  • मेवाको सेवनले पाचन शक्ति बढाउँछ ।
  •  मेवाको सेवनले दाद, चिलाउने आदि समस्याको समाधान हुन्छ ।
  • मेवाको नियमित सेवनले उच्च रक्तचापको नियन्त्रण गर्न सकिन्छ ।
  • यदि शरीरमा काटियो वा जल्यो भने प्रभावित ठाउँमा मेवा लगाएको खण्डमा आराम मिल्छ ।
  • कब्जियत हटाउँछ । जसलाई कब्जियतको समस्या छ, उनीहरूले मेवा सेवन गर्न  जरुरी छ ।
  • मेवा मधुमेहका रोगीलाई पनि लाभदायक मानिन्छ ।
  • यसको सेवन र प्रयोगले कपाल बढ्नुका साथै बलियो बनाउँछ ।
  • मेवाको सेवनले शरीरमा ऊर्जाको स्तर पनि बढाउँछ ।
  • मेवाले तौल नियन्त्रणमा पनि काम गर्छ ।
  • मेवामा भिटामिन ए, पोटासियम पाइन्छ भने कोलेस्ट्रोल कम हुने हुँदा यसको सेवन महत्वपूर्ण मानिन्छ ।
  • मेवाले अनियमित महिनावारीलाई रोक्छ । नियमित पाकेको मेवा खानाले महिनावारीमा हुने गडबडीमा सुधार हुन्छ ।
प्रतिक्रिया दिनुहोस्